काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवनमा आज भएको नेकपा एमाले संसदीय दलको बैठकमा उनले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्छ बताए । “बजेटलाई हामी पूर्णरूपमा समर्थन गर्दै त्यसलाई पारित गर्नेछौं । यसको अर्थ बजेटका कमीकमजोरी नऔंल्याउने भन्ने होइन,” उनले भने ।
अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा प्रस्तावित आयोजना बजेटमा समावेश भएन-भएको निक्र्यौल गर्न आफ्नो दलका सांसदहरूलाई सुझाव दिए । उनले सरकारमा सहभागी दलसँग परामर्श गरेर सदनमा बजेट पेस भएको बताए ।
बैठकमा पार्टी उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका सबल र दुर्बल पक्षको समीक्षा गरेका थिए ।