२०८१ कार्तिक २२ गते बिहिवार / Nov 07 , 2024 , Thursday
Ads

‘समाजवाद ल्याउनुपूर्व समाजलाई चिन्न आवश्यक’

२०८१ जेठ २१ गते १५:३५
‘समाजवाद ल्याउनुपूर्व समाजलाई चिन्न आवश्यक’

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिकशास्त्र विभागले आयोजना गरेको दुई दिने ‘सामाजिकशास्त्र वार्षिक संगोष्ठी सम्पन्न भएको छ । ‘राजनीतिक परिवर्तन र नेपाली समाज’ मुख्य विषय रहेको उक्त संगोष्ठीमा सामाजिकशास्त्रको पठनपाठनमा राष्ट्रिय चिन्तन, इतिहास र समाज, द्वन्द्व र शान्ति निर्माण प्रक्रियामा समाज, सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावलगायत १३ ओटा विभिन्न विषयका लेख/रचना गोष्ठीमा प्रस्तुत गरिएको थियो ।

लेखकहरूको लागि सूचना आह्वानपछि प्राप्त गरिएका सोधमूलक ५८ओटा लेखहरूमध्येबाट प्राज्ञिक मूल्यांकन समितिले गोष्ठीका लागि २२ वटा अनुसन्धानात्मक लेखहरू छनोट गरेको थियो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त संगोेष्ठीलाई सम्बोधन गर्दै समाज, राजनीति, अर्थशास्त्र र मानिसको चिन्तन प्रणालीसँग समाजशास्त्र गाँसिएको बताए । समाजवाद उन्मुख संविधानप्रदत समाजवाद ल्याउन सबभन्दा पहिले समाजलाई चिन्न सक्नुपर्ने उनले बताए । 

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ’विमल निभा’ले समाजका तमाम पक्षको अध्ययन गरेर मात्रै सबै विषयमा अघि बढ्न सकिने बताए । 

प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा.धनप्रसाद सुवेदीले समाजको अध्ययन गर्ने दायित्व प्रतिष्ठानको पनि रहेकाले समाजका विविध पक्षको अध्ययन गर्नका लागि सामाजिकशास्त्र संगोष्ठीको आयोजना गरिएको बताए । 

उक्त संगोष्ठी उद्घाटन सत्रका सभाध्यक्ष, प्रज्ञा– प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले नेपालको राजनीतिक इतिहासमा अनेकौँ घटनााक्रम जोडिने बताइन् । समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा समाज सदैव गतिशील र परिवर्तनशील रहेको उनले बताइन् ।

यस संगोष्ठीलाई पहिलो र दोस्रो सत्रमा विभाजन गरिएको थियोे । यी दुवै सत्रमा क्रमशः २२ वटा अनुसन्धानात्मक लेख प्रस्तुत गरिएको थियोे । जसमा प्रा.डा. दीपबहादुर अधिकारीको ’नेपाली समाज र जनस्वास्थ्य’,कुमार यात्रु ÷टासी लामाको आदिवासी ह्याल्मोको प्रथाजन्य स्वशासन पद्धति, डा. सोमबहादुर धिमालको नेपालका आदिवासीमा जीवित संग्रहालयको सम्भावना र औचित्य, तुलसी सापकोटाको नेपालमा कोरोना महामारी कालमा सञ्चारसंस्थाको पत्रकारमैत्री रणनीतिको सामाजिकशास्त्रीय अध्ययन, भोजविक्रम बुढामगरको नेपाली राजनीतिमा मगर जातिको समावेशिकरणको अवस्था, कृष्णकुमार शाहको मधेस प्रदेशको राजनीतिमा सीमान्तकृत दलित, दामोदर न्यौपानेको योग र प्राकृतिक चिकित्सा, गौरी तमूको ’तमूको राजनीति परिवर्तन जनजातिका पहिचानका आधारहरू, मकरबहादुर सार्कीको सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू, सन्तोष चोङवाङ लिम्बूको संघीय नेपालमा एकीकृत बहुभाषा योजना र आवश्यकता विषयक लेख प्रस्तुत गरेका थिए । 

यसैगरी गङ्गा पुन, डा. पुनम आर एल राना, डा. शशी थापा पण्डित, डा. श्यामु थापा मगर, डा. सुरेशकुमार ढकाल, डा.देवी पौडेल, हिक्मतबहादुर खत्री, केशव पुडासैनी विमल,  डा. विष्णुराज उप्रेती, योगी दयानाथ, हरि रोका, केशवराज सिलवाल, धर्मेश पोखरेलले  विभिन्न शीर्षकका लेखहरू गोष्ठीमा प्रस्तुत गरेका थिए । 

ADVADV

सम्बन्धित खबर